९ कार्तिक २०८३, आइतबार

बजेटमाथिको छलफल सकियो, अर्थमन्त्रीले सोमबार जवाफ दिने

  • २८ जेठ २०८०, आइतबार
Image

काठमाडौं- आर्थिक वर्ष २०८०/८१ बजेटमाथिको छलफल सकिएको छ। प्रतिनिधिसभामा बजेटमाथि आइतबार (आज)सम्म सांसदले बोल्ने कार्यक्रम रहेको थियो। सोहीअनुसार आजदेखि बजेटमाथिको छलफल सकिएको सभामुख देवराज घिमिरेले बताए।

आजसम्म बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले भोलि (सोमबार) दिने भएका छन्। भोलि दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको सभामुख घिमिरेले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर