८ कार्तिक २०८३, शनिबार

उद्घाटनको ६ महिनापछि पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण

  • ६ असार २०८०, बुधबार
Image

पोखरा- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण भएको छ। चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

यो जहाज पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर आएको हो। यही जहाजमा चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको नेपाली प्रतिनिधिमण्डल समेत छ।

यो जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किने छ।

१ जनवरी २०२३ बाट संचालनमा आएको पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेको हो। विमानस्थल उद्घाटनको दिन हिमालयन एयरलाइन्सले परीक्षण उडान गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर