९ कार्तिक २०८३, आइतबार

ओलीले प्रचण्ड सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउने कोसिस गरिरहेका छन् : माधव नेपाल

  • ८ असार २०८०, शुक्रबार
Image

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास गरिरहेको बताएका छन्।

काठमाडौंमा शुक्रबार आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधनका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेले चलखेल गरेको आरोप लगाएका हुन्।

‘ठूलो पार्टीले समाजवादी शक्तिलाई एकता बनाउन चाहेन’, उनले भने, ‘केपी ओलीले कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छौँ भनिरहेका छन्, सुन्नुभएको छ होइन?’

नेपालले कम्युनिस्ट पार्टीका नेताले नै कम्युनिस्ट सरकार ढालेर कांग्रेसलाई प्रधानमन्त्री बनाउन कोसिस गर्नु विडम्बनापूर्ण भएको बताए।

‘कस्तो विडम्बना, त्यो कम्युनिस्ट पार्टीको चरित्र कस्तो होला? जुन पार्टीका नेताले कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डको सरकार ढाल्न खोज्दैछन्। दलाल पुँजीवादसँग, उदार पुँजीवाद र उदार समाजवादसँग आफूलाई जोडेका शेरबहादुरलाई अघि बढाउन खोजेका छन्। त्यसका लागि ओलीले अनेक प्रयास गरिरहेका छन्।’

समाजवादी मोर्चामा अरू पार्टीलाई पनि आउन उनले आग्रह गरे। उनले मोर्चाबारे ओली बरबराइरहेको बताए।


प्रतिक्रिया

सम्बन्धित खवर