काठमाडौं- ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरपालिकाको तेस्रो नगरसभामा उपप्रमुख मञ्जिला शाक्यले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरेकी हुन्।
बजेटमा पूँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख को बजेट ल्याएको हो। सडक पूर्वाधार, सम्पदा, विपद व्यवस्थापन, हरियालीरपार्क निर्माण, वडा एक उद्यान, एक घर एक वोट, सार्वजनिक शौचालय प्रत्येक वडामा, आयोजना बैंक निर्माण, अपाङ्गतामैत्री फुटपाथ निर्माण लगायतका क्षेत्रमा बजेट विनियोजन भएको छ।
त्यस्तै,, वातावरण प्रहरीको सुरुवात गरिने पनि बजेटमा उल्लख छ। महानगरभित्रका २ वटा विद्यालयहरुलाई पूर्ण प्रविधिबाट शिक्षण गराइने बजेटमा उल्लेख छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation