काठमाडौं- संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन्। समाजको शनिबार भएको ८औं अधिवेशनमा अध्यक्षमा सत्याल ६३ मतसहित निर्वाचित भएका हुन्। अध्यक्षका प्रतिस्पर्धी विष्णु खड्काले ४४ र तुलसी सापकोटाले २७ मत प्राप्त गरे।
महासचिवमा भने जयसिंह महरा निर्विरोध भएका थिए। उपाध्यक्षद्धयमा किरण दाहाल र सिर्जना घिमिरे निर्विरोध भएका थिए। यस्तै, कोषाध्यक्षमा अमुल थापा निर्विरोध निर्वाचित भए।
सचिवद्धयमा सविता शर्मा (समावेशी) निर्विरोध भएकी छन् भने गुञ्जनराज गिरी निर्वाचित भएका छन्। केन्द्रीय कार्यसमिति सदस्यहरुमा राजु थापा, कमलराज भट्ट, पूजन आचार्य र रघुनाथ बजगाईँ (खुला) तर्फ निर्वाचित भए भने समावेशीतर्फ अञ्जना लामिछाने र मिरा बस्नेत निर्वाचित भए। फोटोतर्फ सिला तिमिल्सिना र भिडिओेतर्फबाट विनोद कटुवाल निर्वाचित भएका हुन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation