बागलुङ- नाबालिकालाई बलात्कार गरेको आरोपमा बागलुङमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। प्रहरीले बरेङ गाउँपालिका– ३ का २४ वर्षीय अनिल श्रीषलाई पक्राउ गरेको हो।
प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार श्रीषमाथि यही जेठ २७ गते बालिका दिदीको घर जाँदै गर्दा उनलाई डरधम्की देखाएर बाटोमै बलात्कार गरेको आरोप छ।
पीडित पक्षले जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि श्रीषलाई प्रहरीले पक्राउ गरेको हो। आरोपितलाई पक्राउ गरी आवश्यक अनुसधान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation