काठमाडौं- बागती प्रदेश सभाका सभामुख भुवन पाठकले नेपालमा आईस हक्कीको ठूलो सम्भावना भएको बताएका छन्। नेपाल आईस हक्कि संघको साधारण सभाको उद्घाटन गर्दै उनले आईस हक्की नेपालमा अत्यन्तै ठूलो सम्भावना रहेको बताएका हुन्।
उनले अब आईस हक्कीलाई नेपाली युवामाझ पुर्याउँदै लोकप्रिय खेलको रूपमा विकास गरिने बताए। संघका उपाध्यक्ष विजय खडकाले नेपालमा खेल पर्यटनको लागि पनि यो सम्भावनायुक्त खेल रहेको बताए।
हक्की हिमाली भेगको हावापानी सुँहाउदो खेल भएकोले नेपालको लागि यो सुँहाउदो भएको र आगामी दिनहरूमा नेपालमा द्रुत गतिमा आईस हक्किीको विकास गरिने बताए।
साधारण सभामा संघका महासचिव गणेश रिमालले प्रस्ताव गरेको विधान संशोधन सर्वसम्मतिले पारित भएको थियो। सो साधारण सभामा काठमाडौं जिल्ला आईस हक्कि एसोसिएसनको तर्फबाट अध्यक्ष प्रज्वल थापाले केन्द्रीय अध्यक्ष एवम सभामुख पाठकलाई सम्मान गरेका थिए। साधारणसभामा केन्द्रीय पदाधिकारी लगायत विभिन्न जिल्लाका प्रतिनिधिले भाग लिएका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation