काठमाडौं- नेपाल तरुण दल काठमाडौं जिल्ला समितिले वीपी स्मृति दिवसको कार्यक्रम भव्यताका साथ आयोजना गर्ने भएको छ।
नेपाल तरुण दल केन्द्रीय समितिको परिपत्र अनुसार साउन ६ गते कार्यक्रम आयोजना गर्न लागेको काठमाडौँ जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य कृष्ण जी खड्काले जानकारी दिए।
काठमाडौँ स्थित सुन्दरीजलमा रहेको वीपी संग्रालय तत्कालिन नेपाली कांग्रसका नेताहरुलाई बन्दी गरेर राखेको जेल हो, त्यहाँ वीपी ,गणेशमान सिंहलगायतका नेताहरुलाई बन्दी बनाएर राखिएको थियो। अहिले संग्रालयमा रुपान्तरण गरेर सर्व साधारणहरुलाई अवलोकनको लागी खुल्ला गरिएको जानकारी संग्रालयका अध्यक्ष पर्शुराम पोखरेलले बताए।
संग्रालयमा नेताहरुले प्रयोग गरेको सामाग्रीहरु र सशस्त्र आन्दोलनको क्रममा प्रयोग गरिएको हतियार र २०३० सालमा नेपाली कांग्रेसको नेतृत्वमा अपहरण गरिएको जहाजपनि राखिएको छ।
नयाँ पुस्ताले नेताहरुको त्याग र समर्पणहरुलाई बिर्सदै गएको कस्तो अवस्थामा रहेर नेपाल र नेपालीहरु स्वतन्त्र ,प्रजातन्त्रको लागी लडेर प्राप्त उपलब्धिहरु नयाँ पुस्तालाई बुझाउन र बुझ्नको लागी ४१ औं स्मृति दिवसको अवसर पारेर जन नायक एवम सस्थापक नेताहरुको सालिकमा माल्यार्पण तथा संग्रालय अवलोकन कार्यक्रम राखेको अध्यक्ष कृष्ण जी खड्काले बताए।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation