८ कार्तिक २०८३, शनिबार

महानगरको चेतावनी अवज्ञा गर्दै काठमाडौंका शिक्षक आन्दोलनमा जाने

  • ३ असोज २०८०, बुधबार
Image

काठमाडौं- काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा जाने भएका छन्। बुधबार महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघले काठमाडौंमा गरिरहेको आन्दोलनमा सहभागी हुने जानकारी दिएका छन्।

आन्दोलनमा गएर पठनपाठनमा अवरोध पुर्‍याए कारबाही गर्ने महानगरको चेतावनीका बाबजुद उनीहरूले सडक आन्दोलनमा जाने निर्णय गरेका हुन्। महानगरले आजै एक सूचना जारी गर्दै पठनपाठन बन्द गरी आन्दोलनमा जाने शिक्षकलाई कारबाही गरिने चेतावनी दिएको छ। तर, शिक्षकहरूले महानगरको अवज्ञा गर्दै आन्दोलनमा जाने निर्णय गरेका छन्।

संसद्‌मा दर्ता भएको विद्यालय शिक्षा विधेयक खारेजीका लागि शिक्षक महासंघले बुधबारदेखि माइतीघरमा विशाल आन्दोलन सुरु गरेको छ। देशभरबाट आएका शिक्षकहरू आन्दोलनमा सहभागी छन्।

महानगरपालिकाका सामुदायिक विद्यालयका प्रध्यानाध्याकहरूले आन्दोलनलाई समर्थन गर्दै अनिश्चित रुपमा विद्यालय बन्द गर्ने बताएका छन्। माइतीघरमा नियमित हाजिर हुनेगरी सबै शिक्षक कर्मचारीलाई आन्दोलनमा सहभागी हुन विज्ञप्तिमार्फत् प्रधानाध्यापकहरूले आग्रह समेत गरेका छन्।


प्रतिक्रिया

सम्बन्धित खवर