काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जना केन्द्रीय सदस्य मनोनित गरेका छन्। मनोनित हुनेमा गुल्मीबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका चन्द्र भण्डारीसहितका नेताहरु छन्।
देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्य मनोनित गरेका हुन्। विधानको धारा २१ को उपधारा (१०) मा पार्टी सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने व्यवस्था छ।
केन्द्रीय सदस्यमा मनोनित हुनेमा मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बागलुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) रहेका छन्। देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका भण्डारी पार्टीको १४औं महाधिवेशनमा उपसभापतिका प्रतिस्पर्धी थिए। तर उनी पराजित भएका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation