८ कार्तिक २०८३, शनिबार

ईःलाई बालेन्द्रको पत्र : तपाईंका माग पूरा गर्न सकिँदैन

  • ५ पुष २०८०, बिहिबार
Image

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले अभियन्ता ईः का माग पूरा गर्न नसक्ने बताएका छन्। उनले सामाजिक अभियन्ता ईःलाई सामाजिक सञ्जालमार्फत् आन्दोलन बन्द गरेर नियम कानुनको पालना गर्न पनि आग्रह गरेका हुन्।

फुटपाथ, बाटो तथा राइट अफ वे मा व्यापार गर्नु गैरकानुनी भएको भन्दै उनले भनेका छन्, ‘यसमा बाध्यता वा परिस्थितिजन्य कुराहरुले भावुक हुन सकिएला तर कानुनले हेर्ने गैरकानुनी भन्दा अलग होइन।’

बिहान र बेलुकी २–२ घण्टा समय छुट्याउने विकल्पमा पनि सहमत हुन नसक्ने उनले बताए। उनले भनेका छन्, ‘यस्तो आपतकालीन अवस्थामा फुटपाथका पसल र ठेलाहरुले अवरोध गर्छन्।’

फुटपाथबाहेक अन्य सार्वजनिक स्थान दिन कानुनले नै नमिल्ने उनको भनाइ छ। उनले भने, ‘खाली ठाउँजस्तो देखिने सार्वजनिक जग्गा व्यापार गर्न मेयरले मात्र होइन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले पनि अहिलेका ऐन कानुन टेकेर दिन मिल्दैन।’

सरकारको सरकारी जग्गा दिने वा नदिने अधिकार महानगरसँग नभएको भन्दै उनले भनेका छन्, ‘तपाईंको माग पूरा गर्ने अधिकार हामीसँग नभएको बुझ्नु भयो नै होला।’ आन्दोलनमा ऐक्यवद्धता जनाउने केपी ओली, डा. बाबुराम भट्टराई, कमल थापा, गगन थापा, स्वर्णिम वाग्लेले ‘राजनीतिक बेइमानी’ गरेको पनि बालेन्द्रले बताएका छन्।

" target="_blank">


प्रतिक्रिया

सम्बन्धित खवर