९ कार्तिक २०८३, आइतबार

न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी साधन पार्किङ गर्न रोक लगाएपछि व्यवसायीहरू विरोधमा

  • १० माघ २०८०, बुधबार
Image

काठमाडौं । महानगरपालिकाले न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी साधन पार्किङ गर्न रोक लगाएपछि यहाँका व्यवसायीहरू विरोधमा उत्रिएका छन्।

महानगरले मंगलबारदेखि न्युरोड क्षेत्रमा सवारी साधन पार्किङ गर्न रोकेको थियो। महानगरले न्युरोड क्षेत्रका सडकमा 'नो पार्किङ' को संकेत चिन्हसमेत राखेको छ।तर न्युरोड क्षेत्रका व्यवसायीहरूले भने यस क्षेत्रमा सवारी साधन पार्किङमा रोक लगाउँदा व्यापार व्यवसायमा असर पर्ने भन्दै आन्दोलन गरिरहेका छन्।महानगरले न्युरोड जानुपर्ने सवारी धनीलाई काठमाडौं टावर (साविक पुरानो बसपार्क) मा नि:शुल्क सवारी साधन पार्किङको सुविधा उपलब्ध गराएको महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे बताउँछन्।

काठमाडौं टावरमा तीन सय वटा चारपाङ्ग्रे र सात सय वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने पाण्डे बताउँछन्।सवारी साधन पार्किङमा रोक लगाउने महानगरको कदमविरूद्ध न्युरोड क्षेत्रका स्थानीय, सामाजिक संघसंस्था, व्यवसायी संघ संस्था र सरोकारवालाले आन्दोलन गरेका छन्।

सवारी साधन पार्किङको उचित विकल्प नदिई महानगरले न्युरोड क्षेत्रका कालोपत्र सडकमा सवारी साधन पार्किङ रोकेको व्यवसायीहरूको भनाइ छ। न्युरोड क्षेत्रमा व्यापार व्यवसायमा असर पुग्दा राजश्व संकलनमै समस्या पर्ने दाबी उनीहरूको छ।

प्रतिक्रिया

सम्बन्धित खवर