काठमाडौँ- पार्टी विदेश विभागको मंगलबार भएको बैठकमा नेपाल
कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले छिमेकी भारत, चीन तथा पश्चिम एसिया मामिलामा
नेपालले असन्तुलित नीति अपनाइरहेको आरोप लगाएका छन्।
एकीकृत समाजवादी का सम्मानित नेता झलनाथ खनालले
नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा अपेक्षाकृत सन्तुलन कायम हुन नसकेको बताएका हुन्।
पार्टी विदेश विभाग प्रमुख खनालले नेपाल भूराजनीतिक
संवेदनशीलता र रणनीतिक विन्दुमा रहेकाले होसियारीपूर्वक कदम चाल्नुपर्नेमा जोड दिएका
छन।
अर्को एक प्रसङ्गमा पूर्वप्रधानमन्त्रीले समाजवादी मार्ग अनुसरण गर्दै
पार्टीलाई बलियो बनाउनुपर्ने र ‘समाजवादी लोकतन्त्र’ का माध्यमबाट मुलुकलाई समृद्ध
बनाउनुपर्ने विचार व्यक्त गरेका छन्।
त्यस अवसरमा पार्टी उपाध्यक्ष प्रमेश हमालले चीन जस्ता
समाजवादी देशले गरेको विकासबाट नेपालले पनि सिक्नुपर्ने बताए।
सरकारले भारतसँग गरिएको जलस्रोतसम्बन्धी सम्झौताका
कागजात उपलब्ध गराउनुपर्ने र त्यसलाई प्रतिनिधिसभाको दुई तिहाइले पारित गर्नुपर्ने
पार्टी उपमहासचिव विजय पौडेलले विचार व्यक्त गरे ।विश्वमा
बढिरहेको युद्ध र अशान्तिको प्रवृत्तिबारे
छलफल गर्न आवश्यक भएको विभागका
सचिव शङ्कर खतिवडाले बताए ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation