८ कार्तिक २०८३, शनिबार

नामिबियाविरुद्ध संकटमा नेपालको ब्याटिङ,

  • ३ फागुन २०८०, बिहिबार
Image

 २०८० फागुन ३ बिहिवार


काठमाडौं- आईसीसी मेन्स वर्ल्ड कप लिग टु’अन्तरगतको पहिलो खेलमा नेपाल नामिबियाविरुद्ध खेल्दै छ ।

नामिबियाविरुद्धको खेलमा नेपालको ब्याटिङलाइन संकटमा परेको छ। ८ टोली सम्मिलित यो प्रतियोगिताको पहिलो खेलमा नै नेपालको ब्याटिङलाईन धरमरमा परेको हो


 । 

 टस जितेर पहिलो फिल्डिङ रोजेको नामिबियाविरुद्ध नेपालका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । अन्य ब्याट्सम्यानको तुलनामा राम्रो प्रदर्शन गरेका सार्की पनि ४४ रन बनाउँदै बाहिरिएपछि भने नेपाल पुरै संकटमा परेको हो । यसक्रममा सार्कीले ८६ बल खेलेका थिए ।

सार्की बाहिरिएसँगै २८ ओभरको खेलमा नेपालले ७ विकेट गुमाउँदै ९४ रन जोडेको छ । सार्कीको ठाउँमा पवन सराफ आएका छन् भने गुल्सान झा २२ बलमा १४ रन बनाउँदै खेलिरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर