२०८० फागुन ०८ मंगलबार
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई
सामाजिक रूपान्तरणको संवाहक बनाउने बताएका छन्।
ललितपुरको गोदवारीमा जारी महासमिति बैठकमा सांगठनिक
प्रतिवेदन प्रस्ताव पेश गर्दै उहाँले कांग्रेसको अभियानलाई सामाजिक आन्दोलनसँग
जोड्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–“पार्टीले आफूले नेतृत्व गरेका सबै तहका
सरकार सञ्चालनका लागि सुशासनलाई मन्त्र बनाई जनतालाई निरन्तर तीनका मुद्दासँग
जोडिएको अनुभुत गराउनेछौं । अवसर पाएको बेला अव्वल सेवा प्रवाह गर्न भविष्यप्रतिको
भरोसा दिलाउनेछौं ।”
महामन्त्री थापाले कांग्रेसलाई लोकतन्त्रमा आस्थावानहरूको
एकमात्र विश्वासीलो र आम जनताको भरपर्दो पार्टी बनाउने प्रतिवद्धता व्यक्त
गर्नुभएको छ । महामन्त्री थापाले आन्तरिक प्रतिस्पर्धामा गुटगत भिन्नता देखिएपनि
सार्वजनिक हितका विषयमा एकजुट भएर लाग्ने सामूहीक भावना कांग्रेसमा रहेको
बताउनुभयो ।
गठबन्धनबारे बोल्दै महामन्त्री थापाले तत्कालीन सरकारले पटक
पटक असंवैधानीक ढंगले प्रतिनिधिसभा विघटन गरेपछि गठबन्धनको परिस्थिती बनेको उल्लेख
गर्नुभयो ।
उहाँले भन्नुभयो–“एक विशिष्ट परिस्थितीमा संविधान र
लोकतान्त्रिक प्रणालीको रक्षार्थ नेपाली कांग्रेसले पाँचदलिय गठबन्धनको
नेतृत्वगर्दै सरकारको जिम्मेवारी बहन गर्नुपरेको थियो । त्यसैको निरन्तरता स्वरुपपार्टीले लोकतन्त्र र संविधानको रक्षार्थ
र स्थिरताका लागि निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको थियो ।”
सरकार र पार्टीको सम्बन्धमा सबै तहमा केही न केही समस्या
भएपनि ती समस्या समाधानका लागि छलफलका माध्यमबाट पार्टी अघि बढ्ने महामन्त्री
थापाले जिकिर गर्नुभयो ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation