२०८० फागुन २० आइतबार
काठमाडौँ—हिउँ परेपछि उपल्लो मुस्ताङका स्थानीयवासी चिसो छल्न तल्लो
मुस्ताङ झरेका छन् हिजो रातिदेखि परेको
हिमपातले उपल्लो मुस्ताङको जनजीवन प्रभावित बनेको हो। सशस्त्र प्रहरीका अनुसार बिजुली
बत्ती र टेलिफोन सेवा अवरुद्ध हुनुका साथै कोरला राजमार्ग पनि अवरुद्ध भएको छ। अत्यधिक
चिसोका कारण सवारी साधन पनि ठप्प छन् । घरहरू
हिउँले ढाकिएका छन् । ३ हजार ९ सय ६०
मिटर उचाइमा रहेको लोमान्थाङ चीनसँग जोडिएको क्षेत्र हो ।
नेपाल–चीनको सीमा क्षेत्रको सुरक्षाको लागि खटिएको सशस्त्र
प्रहरी बल यतिबेला बस्ती–बस्तीमा खटिएको जनाएको छ । यहाँका
केही बासिन्दा तल्लो मुस्ताङ फाँट झरे पनि घरमा रहेका स्थानीय र भेडा, च्याङग्रा, गाई, घोडा (चौपाय)को सुरक्षाका लागि गाउँमा नै बस्ने गरेको प्रहरी
निरीक्षक भीमबहादुर क्षेत्रीले जानकारी दिए ।
राजमार्ग अवरुद्ध हुँदा कोरला नाका घुम्न आउने आन्तरिक र
बाह्य पर्यटकलाई आवतजावतमा कठिनाइ भएको र पर्यटक र स्थानीयको सुरक्षाका लागि
सशस्त्र प्रहरी फिल्डमा खटिएका छन् ।
७ डिग्रीको चिसोमासमेत सशस्त्र प्रहरी गाउँ–गाउँ गस्ती
गर्ने र पानी जमेको पानीको पाइप र मुहान, बाटो सफा
गर्ने, र हिउा पन्छाउने काममा नियमित खटिरहेको बीओपी नेचुङ लोमन्थाङ, मुस्ताङका बीओपीका प्रहरी निरीक्षक भीमबहादुर क्षेत्रीले जानकारी
दिए ।उनले कोरला राजमार्ग आइतबार खुलाउन नसकिने बताए र हिमपात रोकिएपछि मात्र हिउँ पन्छाएर सडक खुलाउन
सकिने उनले बताए। यसअघि मंसिर र माघमा हिउँ परेको थियो ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation