बेइजिङ- ली नामक एक पुरुषलाई अपहरण गरेर महिनौंसम्म 'रगत दास' बनाएको साउथ चाइना पोस्टले जनाएको छ। उनलाई कोम्बोडियाको सिहानुकभिल्ले सहरमा कैदी बनाएर राखिएको थियो।
अपहरणकारीहरूको फन्दाबाट फुत्किँदासम्म लीको शरीरबाट झण्डै सम्पूर्ण रगत निकालिसकेको अवस्था थियो। सन् २०२१ को अगस्तदेखि तिनीहरूले प्रत्येक महिना ३१ वर्षीय लीको शरीरबाट २७ औँस रगत निकाल्ने गरेको थियो। प्रत्येक पटक उनको शरीरमा रक्त प्रवाहका लागि चाहिने न्यूनतम रगत मात्र बाँकी राख्ने गरिएको थियो।
सो समूहले उनको रगत अनलाइनमार्फत निजी खरिदकर्ताहरूलाई बेच्ने गरेको विश्वास गरिएको छ। सामान्यतया रक्तदान गर्दा प्राय: करिब १६ औन्स मात्र रगत निकालिन्छ। जुन परिमाण एक वयष्क व्यक्तिको शरिरको औसत रगत आयतनको करिब ८ प्रतिशत हुन आउँछ।
यति रगत मानव शरीरले २४ देखि ४८ घन्टा भित्र शोधभर्ना सक्छ। तर रगतका रातो रक्त कोषिका पुन: भर्न भने करिब १० देखि १२ साता लाग्छ।
तसर्थ अमेरिकी रेडक्रसले कुनै पनि व्यक्तिलाई पुन: रक्तदानका लागि कम्तीमा आठ साता पर्खने सल्लाह दिने गर्दछ। अपहरणकारीहरूले लीको शरीरबा धेरै रगत निकालेको कारण उनका पाखुरामा प्रशस्त रगत प्रवाह हुन बन्द भइसकेको थियो। त्यसैले पछिल्लो समय तिनीहरूले उनको निधारको नसाबाट रगत निकाल्ने गरेका थिए।
यसै महिनामात्र सोही समूहको एकजना सदस्यको मद्दतले उनी तिनीहरूको चुँगुलबाट भाग्न सफल भएका थिए। तर उनको शरीर निकै कमजोर हुनुकासाथै थुप्रै अंगले काम गर्न छोडिसकेको अवस्था थियो। पाखुरा भरी सुई घोचिएको चोट रहेका उनलाई १२ फ्रेब्रुअरीमा अस्पतालमा भर्ना गरिएको हो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation