काठमाडौं - अमेरिकी सहयोग परियोजना एमसीसीका कारण सत्ताबाट बाहिरिनुपर्ने अवस्थामा पुगेको नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ।
शुक्रबार प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको हो।
बैठकले एमसीसीका सम्बन्धमा पार्टीले लिँदै आएको अडानलाई यथावत राख्ने र सैद्धान्तिक रुपले पार्टीको अडानलाई कायम राख्दै गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास जारी राख्ने निर्णय भएको एक नेताले बताए।
आज भएको पार्टीको निर्णयबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी दिन अध्यक्ष प्रचण्ड एक नेतालाई बालुवाटार पठाउन लागेको बुझिएको छ।
सत्ता गठबन्धनका पाँच दलमध्ये नेपाली कांग्रेसबाहेकका चार दल एमसीसीको विपक्षमा उभिएपछि गठबन्धनको आयू टुंगिने अवस्थामा पुगेको हो।
बालुवाटरमा एमसीसीको पक्षमा देखिएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सडकको आन्दोलनबाट तर्सिएर एमसीसीको विपक्षमा उभिएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation