काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गरेका छन्। रुसले विगत आठ दिनदेखि लगातार युक्रेनमाथि आक्रमण गरिरहेको छ।
उक्त आक्रमणमा परी लाखौं विस्थापित भएका छन् भने हजारौं मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। कांग्रेस नेता पौडेलले युक्रेनजस्तो सार्वभौम र स्वतन्त्र मुलुकमाथि आक्रमण गर्ने, स्वाधीनता र सार्वभौमिकताको खिलाफ गरिने कार्य विश्व जगतका लागि किमार्थ स्वीकार्य नहुने बताएका छन्।
सामाजिक सञ्जाल ट्विटरमार्फत नेता पौडेलले युद्धले समाधान दिन नसक्ने भन्दै स्वतन्त्र राष्ट्रको अस्तित्व कायम गर्न विश्वव्यापी दबाब सिर्जना गर्न आग्रह गरेका छन्।
उनले लेखेका छन्,‘रूसले युक्रेनमाथि गरेको आक्रमणको विश्वव्यापी निन्दा भइरहेको छ,स्वतन्त्र मुलुकमाथि आक्रमण गर्ने, स्वाधीनता र सार्वभौमिकताको खिलाफ गरिने कार्य विश्व जगतका लागि किमार्थ स्वीकार्य हुँदैन। युद्धले सामाधान दिन सक्दैन स्वतन्त्र राष्ट्रको अस्तित्व कायमगर्न विश्व व्यापी दवाव सिर्जना गरौं।’
यसअघि नेपाल सरकारले पनि युक्रेनमाथिको रुसी आक्रमणको विरोध गर्दै संवादबाट समाधान खोज्न आग्रह गरेको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation