९ कार्तिक २०८३, आइतबार

क्रिप्टोकरेन्सीबारे सोधपुछ गर्न प्रियंका कार्कीलाई सीआइबीले बोलायो

  • ६ चैत २०७८, आइतबार
Image

काठमाडाैं- अभिनेत्री प्रियंका कार्कीको तस्बिर प्रयोग गरेर नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको विज्ञापन सामाजिक सञ्जालमा प्रकाशित भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले उनीसँग सोधपुछ गरिरहेको छ। त्यसबारे सोधपुछ गर्न सीआइबीले प्रियंकालाई कार्यालयमै बोलाएको हो ।

अहिले उनीसँग सोधपुछ भइरहेको सीआइबी प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए। 'उहाँको फेसबुकमा क्रिप्टोकसेन्सीबारे पोष्ट गरेको पाइयो । त्यसपछि कसले र कसरी पोष्ट भयो भनेर सोधपुछका लागि बोलाएका हौं, प्रवक्ता महतोले भने ।

सोधपुछको क्रममा प्रियंकाले क्रिप्टोकरेन्सी कारोबारीहरूले आफ्नो तस्बिरको प्रयोग गरेको बताएकी छन्। उनको फोटो प्रयोग गर्दै बिज्ञापन बनेको पाइएपछि सीआईबीले उनलाई सम्पर्क गरेको थियो। क्रिप्टोकरेन्सी कारोबार नेपालमा प्रतिबन्धित छ । फागुन ३० गते नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी कारोबार हुने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको थियो।

नेपालमा अहिले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाप्टर नेटवर्किङ, अनलाइन जुवा तथा तास गैरकानूनी छ । यस्ता क्रियाकलापले गर्दा आर्थिक अपराध बढेको भन्दै सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले बन्द गराउन प्राधिकरणलाईं निर्देशन दिएको थियो । सोही आधारमा प्राधिकरणले बन्द गराएको थियो । 


प्रतिक्रिया

सम्बन्धित खवर