८ कार्तिक २०८३, शनिबार

सत्ता गठबन्धनको बैठक बिहीबार बस्ने 

  • १७ चैत २०७८, बिहिबार
Image

काठमाडौं- सत्ता गठबन्धनको बैठक बिहीबार बस्ने भएको छ। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेसँगै सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।

मंगलबार सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आवश्यकताको आधारमा गठबन्धन गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान साढे १० बजे बस्नेगरी बैठक बोलाएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए।

बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने पौडेलले बताए।बुधबार चितवन पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि भोलि गठबन्धनको बैठक बस्ने बताएका छन्। वैशाख ३० गते एकै पटक देशभरका ७५३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ।

उक्त निर्वाचनमा ५ दलीय सत्ता गठबन्धनमा रहेका दलहरु स्थानीय तहमा पनि तालमेल गरेर उम्मेदवार उठाउने तयारीमा छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक्लै चुनाव लड्ने बताउँदै आएको छ । 


प्रतिक्रिया

सम्बन्धित खवर