८ कार्तिक २०८३, शनिबार

सुदूरपश्चिम प्रदेश नेका प्रचार विभाग प्रमुखमा पण्डित

  • २८ जेठ २०७९, शनिबार
Image

 लोक कलम सम्वाददाता,

सुदूरपश्चिम, २८ जेठ । 

नेपाली काँग्रेस(नेका)  सुदूरपश्चिम प्रदेश समितिले प्रचार विभाग प्रमुखको जिम्मेवारीमा बाजुराका धनराज पण्डितलाई ल्याएको छ । नेका प्रदेश समिति सदस्य समेत रहेका पण्डितलाई सूचना, सञ्चार तथा प्रचार प्रसार विभागको प्रमुखको जिम्मेवारी दिएको हो ।  

पण्डितले यस अघि नेका बाजुराको सचिव, प्रवक्ता र संगठन विभागको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । स्थानीय तह निर्वाचनमा बडीमालिका नगरपालिकाको नगर प्रमुखमा पराजित पण्डितलाई प्रदेश समितिले औपचारिक जिम्मेवारी दिएको हो । 

प्रदेश समिति सभापति वीरबहादुर बलायरले प्रचार विभागको प्रमुख रहेर काम गर्ने जिम्मेवारी सहीतको पत्र पनि हस्तान्त्रण गरेका छन्। पत्रकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका पण्डित बोलीमा प्रष्ट र पार्टीमा इमान्दार नेताको छवीले परिचित छन्। पण्डित प्रदेश सभापति वीरबहादुर बलायर र हालका प्रदेश प्रमुख देवराज जोशीका विश्वास पात्र पनि हुन्।  

नेका नेता रनसिंह अयडीलाई प्रदेश समिति सदस्य मनोनित गरेको छ। त्रिवेणी नगरपालिकाको नगर प्रमुखको टिकट नपाएपछि बागी उम्मेदवारी दिएका अयडीले पछि उम्मेदवारी फिर्ता लिएका थिए । 

बाजुरा जिल्ला समितिका निवर्तमान सचिव अयडी पार्टी जिल्ला अधिवेशनमा पुनः सचिवमै पराजित भएका थिए। जिम्मेवारी पाउने दुबै जना पार्टीभित्र देउवा संस्थापन पक्षधर हुन् ।  


प्रतिक्रिया

सम्बन्धित खवर