८ कार्तिक २०८३, शनिबार

परीक्षा फारम बुझाउने समय थप गर्न नेविसंघको माग

  • १७ चैत २०७८, बिहिबार
Image

काठमाडौं - परीक्षा फारम बुझाउन समय थप गरिदिन माग गर्दै नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ।

नेविसंघका नेता अंशुल केसी नेतृत्वको टोलीले परीक्षा नियन्त्रकलाई बिहीबार ज्ञापन पत्र बुझाएको हो।

कोरोना महामारीले धेरै समय सामाजिक र आर्थिक जीवन प्रभावित रहेकाले हजारौं विद्यार्थी देशभर विविध कारणले विविएस तेस्रो वर्षको परीक्षा फारम बुझाउन बाँकी रहेको ज्ञापनपत्रमा उल्लेख छ। 

प्रतिक्रिया

सम्बन्धित खवर