काठमाडौं- प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसविरुद्ध दायर रिटको आज पनि पेसी तोकिएको छ।
न्यायाधीश डा कुमार चुडालको एकल इजलासमा रिटको पेसी तोकिएको हो। बढुवामा विभेद गरेको भन्दै प्रहरी नायव महानिरीक्षक (डीआईजी) घनश्याम अर्याल र प्रकाशजंग कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन्।
उनीहरूले रिटमार्फत कनिष्ट डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय बदरको माग गरेका छन्। मन्त्रिपरिषद् बैठकले सोही दिन डीआईजीहरू वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।
उनीहरूलाई गृहसचिव टेकनारायण पाण्डे संयोजक रहेको बढुवा समितिले १ चैतमा बढुवा सिफारिस गरेको थियो। तर, उनीहरूभन्दा वरियतामा डीआईजी कार्कीसँगै अन्य डीआईजीहरू घनश्याम अर्याल र प्रकाश कार्की अघि थिए।
यसअघि रिट निवेदन दुई दिन पेसीमा चढे पिन हेर्न नमिल्नेमा सूचीमा परेको थियो। न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा दुई दिन पेसीमा चढेको हो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation