९ कार्तिक २०८३, आइतबार

कांग्रेसले आमसभा दुई घण्टाभन्दा बढी नगर्ने

  • २ वैशाख २०७९, शुक्रबार
Image

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको प्रचारका लागि गरिने चुनावी सभा दुई घण्टाभित्रै सक्ने निर्णय गरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको शुक्रबार बैठकले निर्वाचनको प्रचारका लागि आयोजना गरिने सभा सञ्चालन मापदण्ड तय गरेको केन्द्रीय सदस्य नैनसिंह महरले बताए।

समितिले बनाएको मापदण्डअनुसार पालिकास्तरका चुनावी सभा बढीमा दुई घण्टाभित्र सक्नुपर्नेछ। वडा र टोलस्तरीय सभा भने एक घण्टाभित्रै सक्नुपर्ने गरी मापदण्ड तयार पारिएको उनले बताए। बैठकले सभामा आसन ग्रहण र वक्ताको सङ्ख्याबारे पनि मापदण्ड निर्धारण गरेको छ। 

त्यस्तै चुनावी सभामा सत्ता गठबन्धन दलका प्रतिनिधिहरूसमेत बोलाउनुपर्ने र सहभागी गराउनुपर्ने बैठकले निर्णय गरेको छ। निर्वाचनका लागि आयोजना गरिने चुनावी सभाको मञ्चमा कांग्रेसले ब्याच वितरण नगर्ने भएको छ। यस्तै निर्वाचन आयोगले प्रतिबन्ध लगाएका सामग्रीहरु पनि चुनावी सभामा प्रयोग नगर्न निर्देशन आजको बैठकले दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर