८ कार्तिक २०८३, शनिबार

स्थानीय चुनावमा भएको तालमेल सफल भयो : कांग्रेस

  • १९ वैशाख २०७९, सोमबार
Image

 काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले केही ठाउँमा विरोधका बीच पाँच दलीय गठबन्धन सफल भएको बताएका छन् ।

आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरी प्रचार विभाग प्रमुखसमेत रहेका महतले धेरैलाई गठबन्धन टुट्ने लागे पनि त्यस्तो नभएको बताए। उनले विपक्षीले दाबी गरेजस्तो कतै पनि उल्लेख्य रूपमा विद्रोह नभएको बताए। तर, जनकपुर, भरतपुर, तनहुँ, डडेल्धुराका स्थानीय तहमा गठबन्धनविरुद्ध कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी परेको छ । 

स्थानीय चुनावमा कांग्रेसबाट ३० हजार ६ सय बढी उम्मेदवारी परेको पनि उनले बताए । उनका अनुसार दुई सय ६५ जना उम्मेदवार मेयरमा, तीन सय ७२ ठाउँमा गाउँपालिका अध्यक्षमा, एक सय ९४ जना उम्मेदवार उपमेयर र तीन सय ४० जना उपाध्यक्ष उठेको महतले जानकारी दिए।

देशभर कांग्रेसका ६ हजार ४३ जना वडाध्यक्षका उम्मेदवार छन्। वडा सदस्यमा पाँच हजार नौ सय ३८ जना उम्मेदवार रहेको महतले बताए। दलित महिला सदस्यमा पाँच हजार ६ सय ९१ र दुई सदस्यका लागि ११ हजार सात सय ८८ जना उम्मेदवार रहेको उनले बताए। 

नेता महतले देशभर विपक्षी पार्टीका कार्यकर्ताबाट निर्वाचन आचारसंहिता उल्लंघन हुँदा पनि निर्वाचन आयोग मौन बसेको भन्दै आपत्ति जनाए । 

प्रतिक्रिया

सम्बन्धित खवर