८ कार्तिक २०८३, शनिबार

जनलहर कांगेसको पक्षमा छ : महामन्त्री शर्मा

  • २३ वैशाख २०७९, शुक्रबार
Image

ओखलढुङ्गा- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय निर्वाचनमा कांग्रेसले देशभर बहुमत ल्याउने दाबी गरेका छन्। ओखलढुङ्गा लिखु गाउँपालिकामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यही वैशाख ३० को निर्वाचनमा कांग्रेसका कुनै उम्मेदवार पराजित नहुने जिकिर गरेका हुन्।

देशभरको जनलहर कांगेसका पक्षमा रहेको दाबी गर्दै महामन्त्री शर्माले पार्टी एकताबद्ध हुनु र गठबन्धन गरिनुले कांग्रेसका उम्मेदवार सबै विजयी हुने आधार प्रस्तुत गरे। देशभरका ७५३ स्थानीय तहमध्ये ६३४ मा कांग्रेसले प्रमुख पदमा उम्मेदवार उठाएको उनले बताए।

बाँकी ११९ ठाउँ गठबन्धनका अन्य दललाई दिएर देशभर कांग्रेसले उनीहरुको साथ लिएको शर्माको भनाइ थियो । तीनवटै तहका सरकार कांग्रेस नेतृत्वमा बन्ने शर्माले बताए। कार्यक्रमलाई कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा र प्रदीप सुनुवारलगायतले सम्बोधन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर