८ कार्तिक २०८३, शनिबार

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत नलिए पद स्वत: गुम्‍ने

  • २६ माघ २०७९, बिहिबार
Image

काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो । उनले आज पनि विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा संवैधानिक प्रावधान अनुसार पद स्वत: गुम्‍ने भएको छ। 

उनी पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

विश्वासको मत लिन आज प्रदेशसभा बैठक आह्वान गरिएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले विश्वासको मत नदिने भएपछि बुधबार तोकिएको प्रदेशसभा बैठक स्थगित गरी आजका लागि बोलाइएको छ ।

विश्वासको मत दिन नागरिक उन्मुक्तिलाई आग्रह गरिएको छ तर नाउपाले टीकापुर काण्डमा दोषी ठहर भई जेलमा रहेका नेता रेशम चौधरीलगायतका नेताहरुलाई रिहा नगरेसम्म रावललाई विश्वासको मत नदिने अडान लिएको छ ।

नाउपाले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् । त्यसपछि सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेछ ।

सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ५ र राप्रपाका १ जना सांसद छन् ।


 

प्रतिक्रिया

सम्बन्धित खवर