९ कार्तिक २०८३, आइतबार

डडेल्धुराको अमरगढी नगरको मेयर-उपमेयरमा कांग्रेस विजयी

  • ३ जेठ २०७९, मङ्गलबार
Image

डडेलधुरा- डडेल्धुराको अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। 

नेपाली कांग्रेस बीपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन्। 

कांग्रेस बीपी र एमालेका गठबन्धनका उम्मेदवार हरि भट्टलाई हराउँदै प्रमुखमा जोशी र गठबन्धनकै उम्मेदवार यज्ञराज अवस्थीलाई हराउँदै उपप्रमुखमा झुकाल निर्वाचित भइन्। प्रमुखमा निर्वाचित जोशीले ३६१९ मत ल्याए। उनका प्रतिद्वन्द्वी भट्टले ३४२६ मत पाए। नेकपा एकीकृत समाजवादीकी संगिता भण्डारीले ७६७ मत ल्याइन्।

उपप्रमुखमा विजयी झुकालले ३६७८ मत ल्याएर विजयी भइन्। उनका प्रतिद्वन्द्वी यज्ञराज भट्टले  ३०८५ मत पाए।

प्रतिक्रिया

सम्बन्धित खवर