काठमाडौं- नेपालमा एकै दिन ६२० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो।
२ हजार ६५१ पीसीआरमा ४९६ र ३ हजार १९५ एन्टीजेन परीक्षणमा १२४ जना संक्रमित फेला परेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ पुगेको मन्त्रालयले जनाएको छ। २४ घण्टामा २५ हजार ४३६ जनाले खोप लगाएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation