८ कार्तिक २०८३, शनिबार

सरकारको स्पष्टीकरण : ओलीको जासुसी गर्न गुप्तचर खटाइएको छैन

  • २० साउन २०७९, शुक्रबार
Image

काठमाडौं- सरकारले प्रमुख प्रतिपक्षी दलका नेताको गुप्तचरी नगरेको स्पष्टीकरण दिएको छ। बिहीबार परराष्ट्र मामिलाका पत्रकारहरूसँगको अन्तरक्रियाका क्रममा ओलीले आफूविरुद्ध जासुसीका लागि सरकारले चारजना गुप्तचर नै परिचालन गरेको दाबी गरेका थिए।

ओलीको उक्त भनाइको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा खण्डन गरेका हुन्।

उनले भने, ‘केही सञ्चारमाध्यममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापिङ गरी वैयक्तिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको कुरा स्पष्ट पार्न चाहन्छु।’

मन्त्री कार्कीले ओलीले भ्रम फैलाएको भन्दै त्यस्ता भ्रमको पछि नपर्न आग्रह गरे। मन्त्री कार्कीले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत रहेको समेत स्पष्ट गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर