काठमाडौं- नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंग्गो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंग्गो लगाएको हो ।
अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ प्रकाश, उपाध्यक्षमा कृष्णबहादुर महरा, महासचिवमा देव गुरुङ र उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल रहेका छन् ।
यस्तै, सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की र कोषाध्यक्षमा श्रीराम ढकाल प्रशान्तलाई चयन गरिएको माओवादी केन्द्रका उपाध्यक्ष महराले जानकारी दिए। २१ सदस्यीय पदाधिकारीमा महिला एक जना मात्रै परेकी छन् ।
उपाध्यक्ष महराले हाल दिइएको जिम्मेवारी विशेष महाधिवेशनसम्मका लागि मात्र भएको बताएका छन्। तर विशेष महाधिवेशन कहिले गर्ने भन्नेबारे यकिन नभएको उनको भनाइ छ।
महाधिवेशन सकिएपछिको पहिलो केन्द्रीय कमिटीको अपुरो बैठकबाट दाहाल अध्यक्षमा चयन भएका थिए। महासचिवका दावेदार रहेका जनार्दन शर्माले भने पदाधिकारी चयनप्रति असन्तुष्टि जनाएका छन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation