काठमाडौं- नेपाली कांग्रेस नेता प्रदीप गिरिप्रति अन्तिम श्रदाञ्जली अर्पण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपति आर्यघाटमा पुगेका छन्।
उनले आर्यघाटमा चितामाथि राखिएको गिरिको शवमा श्रदाञ्जली अर्पण गरेका हुन्।
शनिबार राति मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका गिरिको शव कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट आर्यघाट लगिएको थियो।
सानेमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले चारतारे झण्डा ओढाएर श्रद्धाञ्जली अपर्ण गरेका थिए। माओवादी नेता पुष्पकमल दाहालले पनि कांग्रेस मु्ख्यालयमा पुगेर गिरीलाई श्रद्धाञ्जली अपर्ण गरेका हुन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation