८ कार्तिक २०८३, शनिबार

कांग्रेसबाट प्रदेश सांसदका लागि पत्रकार सरोज अधिकारी सिफारिस

  • १५ भदौ २०७९, बुधबार
Image

काठमाडौं- नेपाली कांग्रेस धादिङ प्रदेश क समितिले पत्रकार सरोज अधिकारीलाई प्रदेश सांसद उमेदवारका लागि माथिल्लो तहमा सिफारीस गरेको छ। बुधबार बसेको प्रदेश समिति र त्यस क्षेत्रका महाधिवेशन प्रतिनिधहरूको बैठकले प्रदेश २ कमा प्रत्यक्ष निर्वाचन लड्न महाधिवेशन प्रतिनिधि समेत रहेका अधिकारीलाई  सिफारिस गरेको हो। लामो समय पत्रकारितामा रहेका अधिकारी पछिल्लो समय जिल्लाको विकास निर्माण लागि सक्रिय छन्। 

२०५७ सालमा नेपाल विधार्थी संघ नीलकण्ठ स्कुलको अध्यक्ष हुँदै राजनीति सुरू गरेका अधिकारी नेपाल प्रेस युनियनको पूर्व केन्द्रीय कोषाध्यक्ष हुन्। पार्टीको १३ औं १४ महाधिवेशनका महाधिवेशनमा प्रतिनिधि बनेका अधिकारी कांग्रेसको थिंक ट्यांक मानिने प्रजातान्त्रिक विचार समाजको केन्द्रीय सदस्य हुन्। 

पटक-पटक कांग्रेस पार्टीको केन्द्रीय प्रचार समितिहरूमा रही काम गरिसकेका व्यक्ति हुन्। माओवादी द्वन्दका क्रममा जिल्लामा राजनीति गर्न कठिन रहेको अवस्थामा करिब चार हजार विद्यार्थी रहेको नीलकण्ठमा नेविसंघ गठन गर्दै अधिकारीले कांग्रसको नर्सरी बढाएका थिए। 

केन्द्रीय तहमा सबै नेताहरूसँग राम्रो पहिचान बनाएका अधिकारीलाई जिल्लाको विकासका लागि पनि सांसद बनाउनु पर्ने लबिइङ भइरहेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर