९ कार्तिक २०८३, आइतबार

अस्ट्रेलियालाई हराएको अर्जेन्टिना र अमेरिकालाई हराएको नेदरल्यान्ड्स क्‍वाटरफाइनलमा प्रवेश

  • १८ मंसिर २०७९, आइतबार
Image

काठमाडौं- अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराएको अर्जेन्टिना र अमेरिकालाई ३-१ ले हराउँदै नेदरल्याण्ड्स विश्वकफ फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। शनिबार राति भएको खेलमा अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा पुगेको हो। 

अहमद बिन अल स्टेडियमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन आल्भारेजले एक–एक गोल गरे। यता अष्ट्रेलियाका लागि कार्गी गुडोइनले एक गोल फर्काए। 

मेस्सीले खेलको ३५औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।  अर्जेन्टिनाका लागि खेलको ५७औं मिनेटमा आल्भारेजले गोल गर्दै टिमलाई अग्रता दिलाए। खेकको ७७औं मिनेटमा अष्ट्रेलियाले आत्मघाती गोल उपहार पाएपनि खेलमा जित निकाल्न सकेन। 

अर्जेन्टिनाका एन्जो फर्नान्डेजले आत्मघाती गोल गर्दा अष्टअष्ट्रेलियाले आत्मघाती गोल उपहार पाएपनि खेलमा जित निकाल्न सकेन। 

अर्जेन्टिनाका एन्जो फर्नान्डेजले आत्मघाती गोल गर्दा अष्ट्रेलिया २–१ गोलको अवस्थामा सिजन अन्त्य गर्यो। अब अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सँग खेल्नेछ।

नेदरल्याण्ड्सका लागि मेम्फिस डिपाए, डाले ब्लिन्ड र डेन्जल डमफ्राइसले गोल गरे। अमेरिकाका हाजी राइटले एक गोल फर्काए। दशौँ मिनेटमा मेम्फिस डिपाएले डेन्जल डमफ्राइसको पासमा गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाए।

जारी विश्वकपमा नेदरल्याण्ड्सका लागि कुनै पनि खेलमा पहिले गोल गर्दै अग्रता दिलाउन कोडी गाक्पो पछि दोस्रो खेलाडी बने। समूह चरणको तीनवटै खेलमा गाक्पोले पहिले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए।

यस्तै अमेरिकाले ओपन प्लेमा गोल बेहोरेको पहिलो पटक हो। समूह चरणमा वेल्स विरुद्ध १-१ बराबरी हुँदा अमेरिकाले पेनाल्टीमा गोल खाएको थियो।


पहिलो हाफमा नेदरल्याण्सले २ सट अन टार्गेट राख्दै २ गोल गर्न सफल हुँदा अमेरिकाले २ सट अन टार्गेट हाने पनि गोल गर्न सकेन। पहिलो हाफको इन्जुरी टाइममा डाले ब्लिन्डले पेनाल्टी बक्सबाट डमफ्राइसकै पासमा गोल गर्दै नेदरल्याण्ड्सको अग्रता दोब्बर पारे।

४२औं मिनेटमा अमेरिकाको टिमोथी वेहले पेनाल्टी बक्स बाहिरबाट हानेको लङ सट डच किपर नोपर्टले बचाए। नेचुरल सेन्टर फरवार्ड बिना मैदान उत्रेको अमरिकाले पाएको अवसर सदुपयोग गर्न सकेन।

दुई गोल खाए पनि दोस्रो हाफमा अमेरिकाले सुरुवातदेखि नै नेदरल्याण्ड्समाथि दबाब बनाएको थियो।

४९औं मिनेटमा अमेरिका गोल नजिक पुगेको थियो। तर रियमको प्रहार नेदरल्याण्ड्सका गाक्पोले गोल लाइनबाट बचाएको थियो। दोस्रो हाफको सुरुवाती केही मिनेटपछि अमेरिका सुस्त बन्यो भने नेदरल्याण्ड्सले आक्रमक गर्न थाल्यो।

६१औं मिनेटमा नेदरल्याण्ड्सका डिपाएले पेनाल्टी बक्सछेउबाट प्रहार गरेको बल अमेरिकन किपर म्याट टर्नरले उत्कृष्ट फिंगरटिप सेभ गरेका थिए।


प्रतिक्रिया

सम्बन्धित खवर