९ कार्तिक २०८३, आइतबार

विश्वविख्यात खेलाडी पेलेको निधन

  • १५ पुष २०७९, शुक्रबार
Image

काठमाडौं- ब्राजिलका विश्वाविख्यात फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ।  क्यान्सर पीडित पेले ब्राजिलकै साओ पाउलोको अल्बर्ट आइन्सटाइन अस्पतालमा विहीबार निधन भएको हो। 

शरिरका सबै अंगले काम गर्न नसकेको अल्बर्ट आयन्स्टाइन अस्पतालले जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

विश्व फुटबलकै महान मानिएका पेलेले ब्राजिललाई सन् १९५, १९६२ र १९७० मा गरी तीन पटक फिफा विश्वकपको उपाधि दिलाएका थिए।

विश्वकप फुटबलको उपाधि तीन पटक जित्ने एकमात्र खेलाडी पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरी घोषणा गरिएको थियो। पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन्।


प्रतिक्रिया

सम्बन्धित खवर