काठमाडौं- नेकपा एकीकत समाजवादीका अध्यक्ष माधव नेपालले देशको राजनीति, समाज र प्रशासनमा भएका चुनौतीको सम्बोधन हुने गरी वर्तमान सरकार अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
शनिबार नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औँ स्थापना दिवसको अवसर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले देशको राजनीति आफ्नै हिसाबले अघि बढिरहेको भन्दै वर्तमान सत्ता गठबन्धन कति दरिलो छ भन्ने कुरा सहजै अनुमान लगाउन नसकिने बताए।
उनले वर्तमान गठबन्धन कति दरिलो र कति टिकाउ छ भन्ने कुरा यसै भन्न नसकिने भन्दै देशमा राजनीतिक स्थायित्व हुनुपर्ने बताए । अध्यक्ष नेपालले सरकारले जनचाहनाअनुसार आफ्नो काम र जिम्मेवारी पूरा गर्नुपर्ने बताए। उनले पदमा को बस्छ भन्ने कुरा महत्त्वपूर्ण नभएको भन्दै पदमा रहनेले के गर्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताए।
अध्यक्ष नेपालले जनतामा राजनीतिप्रति नै नकारात्मक र वितृष्णा पैदा भइरहेको बताए। उनले नागरिकमा राजनीतिक दलहरूप्रतिको विश्वास हराउँदै जानु दुःखद् भएको बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation