८ कार्तिक २०८३, शनिबार

गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित

  • ३० पुष २०७९, शनिबार
Image

पोखरा- गण्डकी प्रदेशसभाको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल निर्वाचित भएका छन्। प्रदेशसभामा शनिबार भएको मत विभाजनमा माओवादीका धिताल ६० सदस्यीय प्रदेश सभामा ३२ मत ल्याएर निर्वाचित भएका हुन्।

उनलाई एमालेका २१, माओवादी केन्द्रका ८, राप्रपाका २ र एक जना स्वतन्त्र सांसदले मत दिएका हुन्। धिताललाई सभामुख बनाउने प्रस्तावको विपक्षमा कांग्रेसको २६ मत पर्‍यो।

कांग्रेसका एक जना सांसद अनुपस्थित भए। सभामुखको भूमिका निर्वाह गरिरहेका ज्येष्ठ सदस्य मित्रलाल बस्याल मतदानमा सहभागी भएनन्।

गण्डकीमा कांग्रेसका २७, नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका ८ (नेसपा एकसहित), राप्रपाका २ र एक जना स्वतन्त्र सांसद छन्।

प्रतिक्रिया

सम्बन्धित खवर