८ कार्तिक २०८३, शनिबार

माओवादी पदाधिकारी बैठक : राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई

  • ८ फागुन २०७९, सोमबार
Image

काठमाडौं- नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।

सोमबार बसेको पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए। माओवादीको पदाधिकारी बैठकले पुस १० मा एमालेसँग भएको सत्तासाझेदारीको परिस्थिति बदलिएको भन्दै आफ्ना स्वार्थ मिल्नेसँग राष्ट्रपतिमा सहकार्य गर्ने निष्कर्ष निकालेको छ।

'पुस १० भन्दा अहिले परिस्थिति फेरिएको छ। गणतन्त्र, संविधानको रक्षा र शान्तिप्रक्रिया टुंगो लगाउने विषय हाम्रा स्वार्थ हुन् । यी स्वार्थमा जोसँग मिल्छ त्यससँग सहकार्य हुन्छ' महराले भने,'हामीले राष्ट्रिय सहमति भनेका छौं। त्यसका लागि उम्मेदवारी दिने बेलासम्म कोसिस हुन्छ।'

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बसेको थियो। फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनका लागि दलहरुले सक्रियता बढाएका छन्।

नेकपा (एमाले) र नेपाली कांग्रेसले आ–आफ्नै दलको राष्ट्रपति हुनुपर्ने अडान लिइरहँदा प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रिय सहमति हुनुपर्ने धारणा राख्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर