८ कार्तिक २०८३, शनिबार

अञ्जन विष्ट वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडी घोषित

  • २३ फागुन २०७९, मङ्गलबार
Image

काठमाडौं- फुटबल खेलाडी अञ्जन विष्टले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन्।

मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित १९ औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको विशेष समारोहमा फुटबलर विष्टलाई वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडी अवार्ड हस्तान्तरण गरिएको हो।

क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र ब्याडमिन्टनका प्रिन्स दाहाललाई पछि पार्दै विष्टले वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन्।

अवार्ड जितेपछि आफूलाई साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै विष्टले यो अवार्डले अगाडि बढ्न थप मद्दत पुग्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर