काठमाडौं- चन्द्रागिरि नगरपालिकाले नगरको अधिकांश क्षेत्रमा निःशुल्क वाई फाइ जडान कार्य सुरु गरेको छ। हाल कलंकी नागढुंगा पीपलामोड सडक खण्डको मुख्य मुख्य चोकसहित,नगरपालिकाको कार्यालय, सबै वडा कार्यालय तथा प्रत्येक वडाका सार्वजनिक स्थलहरुमा निःशुल्क वाई फाइ जडानको काम भइरहेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले जनाएअनुसार आउँदो आर्थिक वर्षमा थप बाँकी स्थानहरुमा पनि नि:शुल्क वाई फाइ जडानको कार्यले निरन्तरता पाउने छ। नगरपालिकाले केही समयमै सञ्चालनमा ल्याउँदै गरेको जी पी एस/ जी आइ एस प्रणालीको नगर प्रोफाइल र सम्पूर्ण नगर र वडाबाट प्रदान गर्न लागिएको अनलाइन सेवाको लागि पूर्वाधार स्वरूप नगर भरि नि:शुल्क वाई फाई जडान गर्न लागिएको जनाएको छ।
निःशुल्क वाई फाइ जडानका लागि नगरपालिकाले आ व ०७९/८० को बजेट बिनियोजन गरेकोमा टेन्डर प्रक्रिया मार्फत जडान कार्य सुरु भएको हो। यो सँगै नगरपालिकाको अधिकांश स्थानहरुमा सी सी टि भी जडान गर्ने कार्य पनि केही दिनमा नै सुरु हुने जानकारी दिएको छ।


© Lok Kalam . Designed and Developed by Goldenmud Creation