काठमाडौं- उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश टेकप्रसाद ढुङ्गाना र रमेश ढकालको संयुक्त इजलासले आज उक्त शैक्षिक मेला नरोक्न आदेश जारी गरेको उच्च अदालत पाटनका प्रवक्ता तथा उपरजिष्ट्रार मन्दिरा शाहीले जानकारी दिइन्।
गत जेठ ३२ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको उक्त शैक्षिक मेला काठमाडौँ महानगरपालिकाले विभिन्न कारण देखादै बन्द गराएको थियो। त्यसका विरुद्धमा उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान) ले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation