काठमाडौं- चर्चित ‘रकस्टार’ तथा अभिनेता रबिन तामाङको असामयिक निधनप्रति नेपाली कांग्रेसले दु:ख व्यक्त गरेको छ। तामाङको मंगलबार राति आफ्नै निवासमा निधन भएको थियो।
कांग्रेस कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले विज्ञप्ति जारी गर्दै पार्टीले तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको जनाएका हुन्।
‘‘दम मारो दम’, ‘केटा केटी’, ‘कल्पना’, ‘वीरताको चिनो’, ‘मेरो माया’ जस्ता चर्चित गीत मार्फत नेपाली ‘रक–पप’ सङ्गीतलाई पहिचान र उचाईमा पुर्याउन उहाँले महत्वपूर्ण योगदान दिनु भएको थियो । उहाँको निधनबाट नेपाली ‘रक–पप’ सङ्गीतको क्षेत्रमा ठूलो क्षति पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation