८ कार्तिक २०८३, शनिबार

ललितानिवास प्रकरणमा थप २ जना पक्राउ

  • २६ असार २०८०, मङ्गलबार
Image

काठमाडौं- ललिता निवासको सरकारी जग्गा प्रकरणमा जोडिएका थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मंगलबार तत्कालीन मालपोत कार्यालयका नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको हो।

उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए। यससँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १४ जना पुगेको छ। सीआईबीले ललिता निवास जग्गा हिनामिनामा सरकारी कीर्तेमा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर