काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ। मंगलबार दिउँसो ३:७ बजेतिर कम्पन महशुस भएको हो। भूकम्पको केन्द्रबिन्दुबारे यकिन भएको छैन।
यसअघि आजै बझाङमा ५.३ रेक्टर स्केलको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। दिउँसो २ बजेर ४० मिनेटमा भूकम्प गएको हो।
केन्द्रका अनुसार बझाङको भट्टेखोला नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्पबाट भएको क्षतिबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन।
त्यसैगरी बझाङमा भूकम्पको धक्का महशुस भएको छ। मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार बझाङको भट्टेखोला नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्पपछि स्थानीयहरू घर बाहिर निस्किएका थिए।
भूकम्पबाट भएको क्षतिबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation