८ कार्तिक २०८३, शनिबार

आज नामिबियासँग बदला लिने नेपालको अवसर

  • ९ फागुन २०८०, बुधबार
Image

२०८० फागुन ०९ बुधबार

काठमाडौं- आज नामिबियासँग बदला लिने नेपालको अवसर हुनेछ ।खेल साढे ९ बजे त्रिभुवन विश्वविद्यालयको मैदानमा सुरु हुदै छ।

नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा उत्कृष्ट कम्ब्याक गर्दै टोलीले बलियो नेदरल्यान्ड्समाथि ९ विकेटको शानदार जीत हासिल गरेको थियो।

त्रिकोणात्मक शृङ्खलामा तीनै टोलीले २–२ खेल खेलेका छन् । हालसम्म सबै टोलीले समान एक खेलमा विजयी र एक खेलमा पराजित भएका छन् । नेपाल नेट रनरेटको आधारमा शीर्ष स्थानमा रहेको छ । त्यसपछि क्रमशः नामिबिया र नेदरल्यान्ड्स छन् ।

आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नेपालले आज नामिबियाको सामना गर्ने छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर