८ कार्तिक २०८३, शनिबार

सञ्चय कोषले ३० जना स्थायी कर्मचारी माग्यो

  • १२ फागुन २०८०, शनिबार
Image

२०८० फागुन १२ शनिबार

काठमाडौं- कर्मचारी सञ्चय कोषले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका ३० जना स्थायी कर्मचारी नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ।

 

कोषले तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (फागुन ११ गते) ले २१ दिनभित्र तथा दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र अनलाइनमार्फत दरखास्त आवेदन दिनुपर्नेछ।

 

सञ्चय कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उप प्रबन्धकमा एक–एक जना, सहायक प्रबन्धकमा १२ तथा कानुन र सिस्टमतर्फ एक–एक जना र प्रमुख सहायकमा १३ जना कर्मचारी माग गरेको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर