८ कार्तिक २०८३, शनिबार

अमेरिका भ्रमणमा सकेर स्वदेश फर्किँदै प्रधानसेनापति, प्रधानमन्त्रीको भ्रमण कहिले?

  • १९ असार २०७९, आइतबार
Image

काठमाडौं- अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा आज आइतबार स्वदेश फर्कंने कार्यक्रम रहेको सैनिक मुख्यालयले जनाएको छ। अमेरिका भ्रमणका रहँदा उनले न्युर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयको भ्रमण गरेका छन्।

भ्रमणको क्रममा प्रधान सेनापति महारथी शर्माले युएन मुख्यालयका उच्च पदस्थ अधिकारीसंग भेट गर्नुभएको नेपाली सेनाले जनाएको छ। उनले राष्ट्र संघका सैन्य सल्लाहकार जनरल बिरामे डिओप, शान्ति मामिला विभागका उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, अपरेशन सार्पोट बिभागका उपमहासचिव अतुल खरे, राजनीति र शान्ति निर्माण मामिला बिभागका उपमहासचिव रोजमेरी डिकार्लोसँग छुट्टाछुट्टै भेट गरेका थिए।

असार ४ गतेबाट ८ गतेसम्म लेवनान, ८ र ९ गते सिरिया सैनिक र सुरक्षा निकायका विभिन्न कार्यक्रममा सहभागी भएका प्रधान सेनापति शर्मा १३ देखि १७ गतेसम्म अमेरिकाको औपचारिक भ्रमणमा छन्। प्रधान सेनापतिसहित नेपाली अधिकारी टोली आइतबार स्वदेश फर्किने कार्यसूची रहेके नेपाली सेनाले जानकारी दिएको  छ।

विभिन्न समयमा हुने गरेका यस किसिमको उच्च स्तरीय भ्रमणले द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ खट्टिएका नेपाली शान्ति सैनिकहरूको भूमिका तथा हौसलामा अभिवृद्धि हुनुका साथै यून मिसनहरूको गुणात्मक एवम् व्यवस्थापकीय पक्षहरू सवल बनाउन तथा भावी योजना तर्जुमा गर्न उल्लेख्य सहयोग पुग्ने नेपाली सेनाको विश्वास छ।

एक साताको अमेरिका भ्रमण सकेर प्रधानसेनापति फर्किएको केही समयपछि प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण हुने जनाइएको छ। प्रधामन्त्री देउवाको सचिवालयका अनुसार साउन भित्रै हुने गरी भ्रमणको तयारी भइरहेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर