९ कार्तिक २०८३, आइतबार

चीनले भन्यो- प्रचण्ड नेतृत्वको सरकारलाई आर्थिक विकासमा पुरा साथ दिनेछ

  • १५ पुष २०७९, शुक्रबार
Image

काठमाडौं- नेपालस्थित कार्यवाहक चिनियाँ राजदूत वाङ् सिनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गरेका छन्।

भेटमा कार्यवाहक राजदूत वाङ्ले चिनियाँ प्रधानमन्त्री लि खछ्याङले बधाई सन्देश हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यस अवसरमा नेपाल-चीन द्विपक्षीय सम्बन्ध र हितका बारेमा छलफल भएको चिनियाँ दूतावासले उल्लेख गरेको छ।

पत्रमा चिनियाँ प्रधानमन्त्री लिले नेपालको शान्ति र स्थिरताका लागि एक असल छिमेकी र मित्रराष्ट्रको नाताले निरन्तर सहयोग गर्ने बताएका छन्। पत्रमा चिनियाँ प्रधानमन्त्री लिले प्रचण्डलाई कार्यकाल सफलताको पनि कामना गरेका छन्। 

‘तपाईँको नेतृत्वमा बनेको सरकारले नेपालको आर्थिक विकासमा चाल्ने प्रयासमा चीनले पुरा साथ दिनेछ’ उनले पत्रमा भनेका छन्। छिमेकी तथा अन्य देशका कूटनीतिक प्रतिनिधीले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई दिइरहेका छन्।


प्रतिक्रिया

सम्बन्धित खवर