८ कार्तिक २०८३, शनिबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

  • ११ असार २०८०, सोमबार
Image

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ परेका छन्। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा संलग्न भएको आरोप लागेका आशीष बुढाथोकीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मण्डिखाटारबाट पक्राउ गरेको हो।

प्रहरीले सोमबार अभियुक्त बुढाथोकीलाई काठमाडौंको मण्डिखाटारबाट पक्राउ गरेको  प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। पक्राउ परेका बुढाथोकीलाई अदालतमा बुझाइने प्रहरीले जनाएको छ।

अदालतमा मुद्दा दायर भएकामध्ये १८ जना पक्राउ परेका थिए भने १२ जना फरार थिए। उनीहरुमध्येका एक बुढाथोकी पक्राउ परेका हुन्। मुद्दा दायर भएर फरार भएका अझै ११ जना पक्राउ पर्न बाँकी नै छन्।

पक्राउ परेकामध्ये १६ जना पुर्पक्षका लागि जेल चलान भएका छन्। टंक गुरुङ र लक्ष्मी महर्जन भने काठमाडौं अदालतको आदेशमा धरौटीमा छुटिसकेका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर